एनएसएल : आज चितवन र धनगढी भिड्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एनएसएल : आज चितवन र धनगढी भिड्दै


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र धनगढी एफसीबीच खेल हुँदैछ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुने खेलमा अपराजित टोली धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर पनि छ ।

धनगढीले हालसम्म चार खेल खेल्दा २ जित र २ बराबरी गरेको छ । धनगढी ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । आज चितवनसँग जित हात पारे धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ ।

पाँच खेलबाट पाँच अंक बटुलेको चितवन बटम हाफमा छ । पाँच खेलमा चितवनले २ खेल बराबरी,दुई खेलमा पराजय तथा एक खेल मात्र जितेको थियो ।

जारी एनएसएलमा ललितपुर सिटी एफसी ५ खेलबाट ९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस