उपेन्द्र यादवले सरकारलाई दिए ५३ बुँदे सुझाव « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

उपेन्द्र यादवले सरकारलाई दिए ५३ बुँदे सुझाव


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव पेश गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको चार दलिय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरू तयार गर्न जसपा नेपालका अध्यक्ष यादवलाई जिम्मेवारी दिएको थियो ।

यादवले बुधबार ५३ वटा बुँदा सरकारले गर्नुपर्ने कामहरू सुझाव पेश गरेका हुन् ।

यादवले सङ्घीयता कार्यान्वयन सम्बन्धमा आठवटा, संविधान संशोधनसम्बन्धीमा एउटा, सामाजिक न्यायको हकसम्बन्धीमा चारवटा, निर्वाचन क्षेत्र निर्धारणसम्बन्धमा एउटा, शिक्षासम्बन्धीमा सातवटा, स्वास्थ्यसम्बन्धमा तीनवटा, कृषिसम्बन्धमा सातवटा र उद्योगसम्बन्धमा २१ वटा बुँदा समेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस