२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावित क्षेत्रमा साढे तीन हजार अस्थायी आवास निर्माण

अ+ अ-

त्रिवेणी । रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् ।

हालसम्म तीन हजार पाँच सय अस्थायी आवासी निर्माण भएका छन् । स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रियतामा निर्मित आवासमा भूकम्प प्रभावितलाई स्थानान्तरण गरिएको छ ।

प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माका अनुसार भूकम्पबाट बढी प्रभावित आठबीसकोट नगरपालिकामा एक हजार तीन सय पाँच, सानीभेरी गाउँपालिकामा आठ सय ५४, चौरजहारी नगरपालिकामा छ सय सात, त्रिवेणी गाउँपालिकामा तीन सात, मुसिकोट नगरपालिकामा २४ र बाँफीकोट गाउँपालिकामा ७१ अस्थायी आवास निर्माण गरिएको हो । पहिलो चरणमा एकल महिला, गर्भवती, वृद्ध वृद्धा र आफैँ अस्थायी आवास बनाउन नसक्नेलाई लक्षित गरेर अस्थायी आवास निर्माण गरिएको शर्माले बताए ।

त्यस्तै, नेपाली काँग्रेस रुकुम पश्चिमले पनि भूकम्प प्रभावित क्षेत्रमा निरन्तर अस्थायी आवास निर्माणमा जुटेको जनाएको छ । हालसम्म नेपाली काँग्रेसले सानीभेरी गाउँपालिकामा २५ र आठबीसकोट नगरपालिकामा ५० गरेर ७५ घरपरिवारलाई अस्थायी आवास हस्तान्तरण गरेको नेपाली काँग्रेस रुकुम पश्चिमका पार्टी प्रवक्ता लालबहादुर ओलीले जानकारी दिए । उनका अनुसार पार्टीले तीन सय स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिरहेको छ । पार्टीले प्रभावित क्षेत्रमा एक हजार अस्थायी आवास निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको प्रवक्ता ओलीले जानकारी दिए।

नेकपा (एमाले)ले रुकुम पश्चिमले तीन सय ४५ अस्थायी आवस निर्माण गरेको जनाएको छ । उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न स्वयंमसेवकको लागि लुम्बीनी, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट दुई सय ५० जना र जिल्लाका ५० जना गरेर तिन सय स्वयंसेवक अस्थायी आवास निर्माण गर्न परिचालन भएका थिए । पार्टीले हालसम्म आठबीसकोट नगरपालिकामा एक सय ८९, सानीभेरी गाउँपालिकामा ५८, चौरजहारी नगरपालिकामा ८६ र बाँफीकोट गाउँपालिकामा १२ गरेर जिल्लाभर तीन सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएको छ ।

नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमले पनि पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ठगेन्द्रप्रकाश पुरीको नेतृत्वमा प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम जारी राखेको छ । आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ५० भन्दा बढी अस्थायी आवास निर्माण गरिसकिएको पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष तथा अस्थायी आवास निर्माणको नेतृत्व गरिरहेका पार्टी उपाध्यक्ष पुरीले जानकारी दिए । उनका अनुसार आठबीसकोट नगरपालिका १४ जामिरेकोटमा १९ वटा लाभग्राहीको अस्थायी आवास निर्माण गरेर नेपाल सरकारका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नन्दा शर्मा चपाईको उपस्थितिमा लाभग्राहीलाई केही दिन अगाडी हस्तान्तरण गरिएको उनले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जिल्ल्लामा १७ वटा अस्थायी आवास निर्माण गरेर पीडित परिवारलाई हस्तान्तरण गरेको जनाएको छ । आठबीसकोट नगरपालिकाका मृतक १० परिवारलाई र सानीभेरीमा गाउँपालिकामा एकल तथा अस्थायी आवास बनाउन नसक्ने अवस्थाका सात परिवारका लागि अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरिएको पार्टीका कर्णाली प्रदेश नीति तथा योजना विभाग प्रमुख मानबहादुर शाहीले जानकारी दिए ।

हालसम्म १९ हजार एक सय ३४ लाभग्राहीलाई पहिलो किस्ताबापत रु. २५ हजारका दरले ४७ करोड ८३ लाख ५० स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस