तोकियो स्थगित भएको अधिवक्ताको परीक्षा मिति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तोकियो स्थगित भएको अधिवक्ताको परीक्षा मिति


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । स्थगित भएको अधिवक्ताको परीक्षा पुस १३ र १४ गते हुने भएको छ।

नेपाल बार काउन्सिलले मङ्गलवार सूचना जारी गर्दै यसअघि तोकिएकै परीक्षा केन्द्रमा परीक्षा हुने सचिव भानदेव जोशीले जानकारी दिए।

यस मंसिर २२ र २३ गतेका लागि निर्धारण गरिएको अधिवक्ताको ३१औँ परीक्षा अदालतको आदेशका कारण रोकिएको थियो।

खुला विश्वविद्यालय अध्ययन गरेका विद्यार्थीलाई काउन्सिलले परीक्षामा सहभागी गराउन नचाहेपछि विद्यार्थी अदालत पुगेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस