पुस १ गतेदेखि अटोमेसनमा पेसी तारिख तोकिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पुस १ गतेदेखि अटोमेसनमा पेसी तारिख तोकिने


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । उच्च अदालतमा आगामी पुस १ गतेदेखि अटोमेसनमा पेसी तारिख तोकिने भएको छ । सर्वोच्च अदालतबाट पेसी तारिख सुरु गरेको चार महिनामा उच्च अदालतमा पनि तारिख तोक्ने तयारी गरिएको हो ।

सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु भएको थियो । प्रधान न्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसनमा पेसी तारिख तोक्ने प्रविधिको शुभारम्भ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस