२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ सहसचिवको पदस्थापन तथा सरुवा

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले ६ जना सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले केही दिन अघि सरुवा भई आएका र लामो समयदेखि बरण्डा(अतिरिक्त)मा रहेका सहसचिवहरूको खटनपटन गरेका हुन् ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुशार प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यलाई दिइएको छ भने लामो समयदेखि अतिरिक्तमा रहेका राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा खटाइएका छन् । यसैगरी त्यहाँका शम्भु प्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासक बनाई पठाइएको छ ।

मन्त्री महतले सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिएका छन् भने अमृत लम्साललाई मध्यम स्तरीय करदाता कार्यालय, बबरमहलको प्रमुख कर प्रशासक बनाई पठाएका छन् । सहसचिव पार्वती शर्मालाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।

अर्थ मन्त्रालय निकै संवेदनशील र महत्त्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ तर पछिल्लो समय ‘कमाऊ’ अड्डाका रूपमा लिइदा देशको अर्थतन्त्र दिनप्रतिदिन ओरालो लाग्दो छ । राजनीतिदेखि प्रशासनसम्मै विज्ञ भन्दा पनि ‘व्यवस्थापन’ गर्न सक्नेहरूको पोल्टामा मिल्काइँदा यति बेला कोही कसैले कामै गर्न नसक्ने अवस्थामा पुगेको छ भने सीमित ‘बिचौलिया’हरुको सेटिङको नतिजा बिस्तारै देखिन थालेको छ ।

स्मरण रहोस्, यही जान सहसचिवको शक्ति संघर्षका कारण कैयन् पटक सहसचिवको सरुवा नै रोकिएको थियो भने त्यति नै पटक मन्त्रिपरिषदले निर्णय गर्नुपरेको थियो ।