एक दिनलाई सर्‍यो शेखर-गगन बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एक दिनलाई सर्‍यो शेखर-गगन बैठक


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । काँग्रेसका संस्थापन इतर नेताहरू शेखर कोइराला र गगन थापाबीच आन्तरिक द्वन्द्व मत्थर गराउने प्रयास भएको छ ।

सोमबार साँझ नेता अर्जुननरसिंह केसीले नेता शेखर र महामन्त्री गगनलाई डाकेर समाधान प्रयास गरेका हुन् ।

शेखर आफूले मंगलबारलाई डाकेको भेला बुधबारलाई सार्न सहमत भएका छन् । यसअघि शेखरले आफूसँग सल्लाह नगरी बैठक राखेकामा महामन्त्री थापा असन्तुष्ट थिए । एक दिन सारेपछि उनी पनि बैठकमा भने जान सहमत भएका छन् ।

नेता केसी महामन्त्री थापाका ससुरासमेत हुन्, जसले इतर संस्थापन पक्षका नेताबीच विगतदेखि नै मेलमिलाप प्रयास गर्दै आएका छन् ।

पछिल्ला दिनमा एक अर्कालाई खुलेरै असहयोग गरिरहेका शेखर र गगनबीच संवाद समेत हुन सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस