सदस्य सचिवका लागि ३ जनाको नाम सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सदस्य सचिवका लागि ३ जनाको नाम सिफारिस


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिव पदको लागि तीन जनाको नाम सिफारिस भएको छ ।

गत असोजमा रिक्त पदका लागि महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडालको नाम सिफारिस गरिएको सिफारिस समितिले जनाएको छ ।

राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले सोमबार तीन जनाको नाम सिफारिस गरेको हो । समितिले सिफारिस गरेको नामावली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने र मन्त्रिपरिषद्ले तीन जना मध्ये कुनै एक जनालाई सदस्य सचिवमा नियुक्त गर्नेछ । समितिले ८ मंसिरमा आवेदन परेकामध्ये ८ जनाको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो ।

परिषद्का अनुसार तीन महिना भन्दा बढी समयदेखि कार्यकारी पद रिक्त हुँदा कर्मचारी सरुवा, बढुवा तथा दैनिक कामहरूमा समेत प्रभाव परिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस