सबै महिलालाई डिजिटल प्रविधिमा जोड्न आवश्यक: उपसभामुख मगर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सबै महिलालाई डिजिटल प्रविधिमा जोड्न आवश्यक: उपसभामुख मगर


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले महिलाहरूलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको बताएकी छन् ।

लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सबै महिलाहरूलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको भन्दै सरकारले राजनैतिक रूपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘यसपालिको नारी दिवसमा महिलाहरूलाई डिजिटल टेक्नोलोजीमा पहुँच भनेका छौँ । त्यो पहाडको कुना कुनामा पुग्नुपर्‍यो । हरेक विकट ठाउँमा रहेका महिलाहरूलाई पहुँच पुर्‍याउन सरकारले व्यवस्था गर्नुपर्छ । महिलालाई सरकारले लगानी गर्नुपर्छ । राजनैतिक रूपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्छ ।’

उनले महिला हिंसासँग सम्बन्धित धेरै कानुनहरू बनेको भए पनि अहिलेसम्म एउटा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकार भनेको सम्पूर्ण जनता हो । सबै क्षेत्र सरकार हो । महिला हिंसा सम्बन्धी धेरै कानुन बनेका छन् तर एउटा पनि कार्यान्वयन भएको छैन । आज पनि हामीले चुप लागेर बस्ने हुँदैन । हरेक क्षेत्रबाट आवाज बुलन्द रूपमा उठाउनुपर्छ ।’

उपसभामुख मगरले बालबालिकाको क्षेत्रमा बाल संरक्षणका कुनै राम्रो नीतिहरू र विधेयक बन्न नसक्नु दुखद कुरा भएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस