छोरासँगको रिसले आमाको हत्या गर्ने युवक पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

छोरासँगको रिसले आमाको हत्या गर्ने युवक पक्राउ


२५ मंसिर २०८०, सोमबार


विराटनगर । साथीसँगको रिसका कारण एक युवकले उनकी आमाको हत्या गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा छोरासँगको रिस फेर्न उनकी आमाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

आइतबार २५ वर्षीय गणेश चौधरीले स्थानीय ५० वर्षीया भूमि चौधरीको छुरा प्रहार गरी हत्या गरेको उल्लेख गर्दै प्रहरीले छोरासँग पुरानो रिसइबीका कारण घटना भएको जनाएको छ ।

सुनसरी प्रहरीले हत्या आरोपमा गणेशलाई खनारबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

मृतक भूमिका २६ वर्षका छोरा र हत्या आरोपमा पक्राउ परेका गणेश साथी हुन् । केही समयअघि भएको गाउँकै एक झगडा घटनापछि उनीहरुबीच बेमेल भएको र त्यही रिसमा हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस