एनआईसी एसिया र एनएमबी बैंकले घटाए ब्याजदर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एनआईसी एसिया र एनएमबी बैंकले घटाए ब्याजदर


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले पुस १ गते देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

एनआईसी एसिया र एनएमबी बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् ।

एनआईसी एसिया बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिक्तम ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । बैंकले न्यूनतम ७ प्रतिशत देखि अधिक्तम ८.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको छ । त्यस्तै, एनआईसी एसियाले पुस महिनाका लागि संस्थागत मुद्दती निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्याज दिने भएको छ ।

एनएमबी बैंकले पनि मंसिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । अब एनएमबीले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने भएको छ । जहाँ मंसिर महिनामा एनएमबीले अधिक्तम ९.७६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

एनएमबी बैंकले पुस महिनाका लागि न्ययुनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज दिने जनाएको हो । त्यस्तै, पुस महिनाका लागि एनएमबी ले संस्थागत मुद्दती निक्षेपमा न्यूनतम ६ प्रतिशत देखि अधिक्तम ७ प्रतिशत सम्म ब्याज दिने जनाएको छ । एनएमबीले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर आज सोमबार अर्थात् मंसिर २५ गतेदेखि नै लागू हुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस