भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न ओलीको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न ओलीको निर्देशन


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

मध्यपहाडी सङ्कल्प यात्राको क्रममा काभ्रे दोलालघाटमा स्थानीयसँग अन्तरक्रिया गर्दै मिसन ०८४ भेट्नको लागि अहिले पार्टी विभिन्न अभ्यासहरूबाट अगाडि बढिरहेको बताए ।

उनले भने, ‘यो सङ्कल्पको धेरै पाटो छन् । त्यसलाई भेट्नको लागि मिसन ०८४ नै हो । मिसन ०८४ भेट्नको लागि अहिले हामी विभिन्न अभ्यासहरूबाट अगाडि बढिरहेका छौँ । मिसन ०८४ भेट्नको लागि सिङ्गो देश एकजुट भएर बढ्नुपर्ने आवश्यकता छ । भ्रम र अन्योलमा नपर्नुपर्ने अवस्था छ ।’

राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस