इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा « प्रशासन
Logo १९ जेष्ठ २०८१, शनिबार
   

इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा


२५ मंसिर २०८०, सोमबार


तेल अवीव । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखाना सञ्चालन गरेको छ । 

इजरायली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स आर्टीलरी’ गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२औँ फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजापट्टीमा तैनाथ गरेका हुन् । 

तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतंकवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । सो आक्रमित क्षेत्रमा आतंकवादी संगठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस