शेखर कोइरालाले बोलाए इतर पक्षको बैठक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शेखर कोइरालाले बोलाए इतर पक्षको बैठक


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको बैठक बोलाएका छन् । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन लगायत पछिल्लो पार्टीको आन्तरिक समीकरणको विषयमा छलफल गर्नको लागि पुस २६ गतेका लागि बैठक बोलाएका हुन् ।

एक नेताका अनुसार बैठकमा आफ्नो टिमबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाको सांसदहरूलाई बोलाएका छन् । तर, कोइरालाले गगन थापासँग यो बैठकको बारेमा सल्लाह नगरेको बताइएको छ । ।

कोशीमा नेता कोइरालाले विद्रोह गरेपछि गगनसँग संवादहीनताको अवस्था छ । गगनले पछिल्लो समय अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायत युवा पङ्क्तिलाई समेटेर १५ औँ महाधिवेशनलक्षित अर्को टिम निर्माणको गृहकार्यमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस