सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ २९ मंसिरमा हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ २९ मंसिरमा हुने


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए ।

आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरूले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो ।

अब प्रस्तावित न्यायाधीशहरूको सुनुवाइी २९ मंसिरमा मात्र हुने संघीय संसद सचिवालयले जनाएको छ । यस बीचमा केही राजनीतिक दलको आन्तरिक कार्यक्रम तय भएकाले सुनुवाइ मिति पछाडि सारिएको बताइएको छ ।

न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरूको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस