२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कीएका छन् । 

यही मङ्सिर १८ देखि २० गतेसम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । नेपाली टोलीमा रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका उच्च पदाधिकारीहरुको सहभागिता थियो । 

सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गर्नुका साथै हालसम्म भएका कामको समीक्षा गर्दै भविष्यका लागि मार्ग तय गर्ने र सदस्य राष्ट्रकोतर्फबाट यस कार्यमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो । 

‘पिस बिगिन्स विथ मि’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो । सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाई विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो ।

अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि नेपालले सन् १९५८ देखि नै संयुक्त राष्ट्र सङ्घका विभिन्न शान्ति मिसनमा नेपाली शान्ति सैनिक खटाउँदै विश्व शान्तिका लागि महत्त्वपूर्ण योगदान दिँदै आएको छ । हाल १६ वटा शान्ति मिसनमा छ हजार दुई सय ७८ नेपाली सैनिक कार्यरत छन् । अहिले नेपाल शान्ति सैनिक खटाउने दोस्रो ठूलो र महिला शान्ति सैनिक खटाउने मुलुकमा पहिलो स्थानमा छ । हालसम्म अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि विभिन्न मिसनमा सेवारत रहँदा ८६ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेका र ६६ जना घाइते भएका छन् । 

सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्रसङ्घले विशेष महत्त्व दिँदै सराहना गरेको थियो । सम्मेलनमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको सुधार प्रयासमा नेपाल सधैँ सकारात्मक र प्रतिबद्ध रहेको, महासचिवको ‘एक्सन फर पिसकिपिङ’को कार्यान्वयनमा सदैव तयार रहेको, सर्वसाधारणको सुरक्षाप्रति नेपाल सरकार र नेपाली शान्ति सैनिक सदैव संवेदनशील रहँदै आएको बताएका थिए । 

साथै नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विना कुनै सर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उनको भनाइ थियो । नेपाली शान्ति सैनिक अनुशासन एवं कार्यसम्पादनमा अब्बल रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले यौन शोषण र दुर्व्यवहारप्रति नेपालले शून्य सहनशीलता नीति अवलम्बन गर्दै आएको पनि जानकारी गराए । उपप्रधानमन्त्री खड्का यही मङ्सिर १७ गते राति घाना गएका थिए ।

प्रतिक्रिया दिनुहोस