यू-१९ एसिया कप क्रिकेटः अफगानिस्तानसँगकाे खेलमा नेपालले टस जित्याे, पहिले फिल्डिङ गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यू-१९ एसिया कप क्रिकेटः अफगानिस्तानसँगकाे खेलमा नेपालले टस जित्याे, पहिले फिल्डिङ गर्ने


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । एसीसी-१९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा अफगानिस्तानसँगकाे खेलमा नेपालले टस जितेकाे छ । नेपालले पहिले फिल्डिङ गर्ने भएकाे छ । 

यसअघि भएकाे पहिलाे खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे थियाे ।  नेपालले अब अर्काे खेल पर्सि मङ्गलवार भारतसँग खेल्नेछ । 

यस्तै, आजै हुने अर्को खेलमा भारत र पाकिस्तान खेल्दैछन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । भारतले पहिलाे खेलमा अफगानिस्तानलाई पराजित गरेकाे थियाे।  

याे प्रतियाेगिताकाे सेमिफाइनल खेल मङ्सिर २९ गते हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस