राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आज बिहान ११ बजेदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने’ भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ सम्बन्धी राजनीतिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत हुने सङ्गठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत हुने आर्थिक प्रतिवेदन हिजो बसेको कार्य सम्पादन समितिको बैठकले परिमार्जन सहित अनुमोदन गरेको थियो ।

केन्द्रीय समिति बैठकबाट छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

दुई दिन सम्म सञ्चालन हुने केन्द्रिय समिति बैठक भोलि दिउँसो काठमाडौँ उपत्यका भेला मार्फत निर्णयहरू सार्वजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस