रोटरीको निःशुल्क स्वास्थ्य शिविर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोटरीको निःशुल्क स्वास्थ्य शिविर


२३ मंसिर २०८०, शनिबार


काठमाडौँ । रोटरी क्लब अफ काठमाडौँ वेष्ट, स्पार्क हेल्थ होम र प्रहरी वृत्त कालीमाटीको संयुक्त आयोजनामा आज कालिमाटी वृत्तमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । 

वरिष्ठ प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले शुभारम्भ गरेको सो शिविरमा एक सयभन्दा बढी प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गरिएको थियो । समारोहमा रोटरी क्लब अफ काठमाडौँ वेष्टले ५९ ट्राफिक प्रहरीका लागि निःशुल्क चस्मा प्रदान गरेको थियो । 

स्वास्थ्य शिविरमा डा. प्रकाश श्रेष्ठ, डा. अग्निकुमार महतो, डा. दृष्टि श्रेष्ठ, डा. आनन्द शाह, डा. रुपा बलामी र डा. दिपिका बराल क्षेत्रीलगायतका डाक्टरले प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गरे । शिविरमा नाक, कान, घाँटी, दाँत र नसासम्बन्धी रोगको परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा स्पार्क हेल्थ होमले निःशुल्क औषधि वितरण गरेको निर्देशक रुपेश अधिकारीले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस