पेस्तोल र २० थान गोलीसहित ३ जना पक्राउ​ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पेस्तोल र २० थान गोलीसहित ३ जना पक्राउ​


२३ मंसिर २०८०, शनिबार


काठमाडौँ । मकवानपुर प्रहरीले सेमिअटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जनालाई पक्राउ गरेको छ।

हेटौँडा उपमहानगरपालिका-९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो।

गत सोमबार राति गोली प्रहारको घटना मङ्गलवार दिउँसो जानकारीमा आएपछि परिचालित प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ पर्नेमा हेटौँडा ९ का ३३ वर्षीय निश्चल पाण्डे‚ सोही ठाउँका ३५ वर्षीय गणेश घले र ३० वर्षका प्रितम क्षेत्री छन्। उनीहरूको साथबाट घटनामा प्रयोग भएको पेस्तोल पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ, २ सय ग्राम लागुऔषध खैरो हेरोइन‚ लागुऔषध तौल गर्ने तराजु पनि बरामद भएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस