भोलि नुवाकोट जाँदै ओली  « प्रशासन
Logo ९ फाल्गुन २०८०, बुधबार
   

भोलि नुवाकोट जाँदै ओली 


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले सुरु गरेको सङ्कल्प यात्राको क्रममा भोलि एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोटको बट्टार बजार जाने भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा हुने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली नुवाकोटको बट्टार बजार पुग्ने एमाले नुवाकोटले जनाएको छ । 

एमाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

शनिबार ओली नुवाकोटमा उपस्थित हुने भएपछि यतीबेला सदरमुकाम विदुरमा पार्टीको झण्डा र स्वागत गेटले सिँगारिएको छ । सभाको तयारीको लागी एमाले स्थायी कमिटी सदस्य बागमती प्रदेश इन्चार्ज गुरु बराल, पोलिटब्युरो सदस्य तथा नुवाकोट इन्चार्ज अरुण नेपाल शुक्रबारनै नुवाकोट पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस