लुम्बिनी बौद्ध अनुसन्धानको केन्द्र बन्नुपर्छ : डा. ल्हारक्याल लामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनी बौद्ध अनुसन्धानको केन्द्र बन्नुपर्छ : डा. ल्हारक्याल लामा


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् ।

काठमाडौँस्थित भारतीय दूतावास र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयक अन्तरक्रियामा लामाले क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्नेमा जोड दिएका हुन् ।

बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्म सुरु भएको भन्दै उपाध्यक्ष डा. लामाले विश्वकै शान्तिको स्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको उल्लेख गरे ।

बौद्ध शिक्षाको महत्त्व विश्वभर भएको र बुद्ध धर्म आस्थामात्रै नभएर दर्शन र सिद्धान्त रहेको उनको भनाइ थियो । उनले बुद्ध शिक्षा मार्गदर्शक रहेको र यसको अनुसरण र परिपालना हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस