राजेन्द्र पाण्डेको टिप्पणी : एनसेल बिक्री होइन, नाटक हो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजेन्द्र पाण्डेको टिप्पणी : एनसेल बिक्री होइन, नाटक हो


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले एनसेल बिक्री नभएर नाटक गरिरहेको बताएका छन् ।

शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर यसबारे छलफल गरिनुपर्ने उनले बताए ।

“६ खर्बको चिज अर्बमा बेच्ने, यसमा समितिका तर्फबाट गर्ने भूमिकामा कमी आउन दिनु हुन्न । प्रधानमन्त्री बोलाएर पनि छलफल गर्नुपर्छ,” उनले भने, “यो बिक्रीको नाटक हो, बिक्री होइन । यसलाई गम्भीर भएर लिनुपर्छ ।”

उनले संघीय मामिला मन्त्रालयले सुशासन कायम गर्न नकारात्मक काम गरेको आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस