काँग्रेसका ४ नेताले लिए समानुपातिक सूचीबाट नाम फिर्ता « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेसका ४ नेताले लिए समानुपातिक सूचीबाट नाम फिर्ता


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौं । गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका काँग्रेसका ४ नेताले नाम फिर्ता लिएका छन् ।

समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिन पार्टीले निर्वाचन आयोगमा सिफारिस गरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको आकाङ्क्षी रहेका उनीहरूले त्यही कारण समानुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन् ।

फागुनबाट कार्यकाल सकिने १९ सांसदका लागि निर्वाचन आयोगले ११ माघमा निर्वाचन गर्ने समय तोकेको छ । २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएकाले बन्द सूचीमा रहेकाहरूले त्यसअघि नै नाम फिर्ता लिनुपर्छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा पनि तालमेल हुने भएकाले काँग्रेसमा उम्मेदवार आकाङ्क्षी बढेका छन् । शीर्ष तहका केही नेता देखि विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरू काँग्रेसबाट राष्ट्रिय सभाको सदस्य हुन आकाङ्क्षी देखिएका छन् ।

कलाकार निर शाह, सभापति शेरबहादुर देउवाका पूर्व परराष्ट्र सल्लाहकार अरुण सुवेदी, उद्योगी अनिल रुङ्गटा पनि काँग्रेसबाट राष्ट्रिय सभाका आकाङ्क्षी देखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस