गाजा युद्धमा इजरायली मन्त्रीका छोरा मारिए « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

गाजा युद्धमा इजरायली मन्त्रीका छोरा मारिए


२२ मंसिर २०८०, शुक्रबार


एजेन्सी । इजरायल-गाजा क्षेत्रमा जारी युद्धमा इजरायलका एक मन्त्रीका छोरा मारिएका छन् ।

पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको गाजा युद्धमा मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मेजर आइसेनकोट सुरुङको शाफ्ट विस्फोटबाट गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइसेनकोट ‘सच्चा नायक’ भएको भन्दै उनको मृत्युले आफू र उनकी श्रीमतीको मन टुटेको बताएका छन् ।

‘हाम्रा नायकहरू व्यर्थमा मरेका छैनन् । हामी विजयी नभएसम्म लडाइँ जारी राख्नेछौं’, प्रधानमन्त्री नेतान्याहुले भने ।

६३ वर्षीय गाडी आइसेनकोट, सन् २०१५–१९ सम्म इजरायलको चीफ अफ द जनरल स्टाफको रूपमा सेवा गरेका लडाइँमा खटिएका सेवा निवृत्त जनरल हुन् ।

राष्ट्रिय एकता पार्टीका एक सांसद, उनी ७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि स्थापित नेतन्याहूको आपत्कालीन सरकारको वर्तमान सदस्य बनेका थिए ।

इजरायलले गाजामा हवाइ बमबारी र भूमि आक्रमण सुरु गरेको जारी राखेको छ । जसमा अहिलेसम्म १७,००० भन्दा बढी मानिसको मृत्यु नभएको जनाइएको । मारिनेमा अधिका सर्वसाधारण नागरिक छन् । आक्रमणपछि हजारौं मानिस भग्नावशेषमा बेपत्ता भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस