निर्माणको जिम्मा पाएका व्यवसायीलाई समयमै काम सम्पन्न गर्न सांसद बर्तौलाको निर्देशन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

निर्माणको जिम्मा पाएका व्यवसायीलाई समयमै काम सम्पन्न गर्न सांसद बर्तौलाको निर्देशन


२० मंसिर २०८०, बुधबार


हेटौँडा । मकवानपुर क्षेत्र नम्बर २ का सांसद तथा एमाले सचेतक महेशकुमार बर्तौलाले सडक निर्माणको जिम्मा पाएका व्यवसायीलाई सिंहदरवार बोलाएर काम छिटो तथा समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

हेटौँडा-काठमाडौ्ँ छोटो सडकमार्गहरु निकै सुस्त गतिमा निर्माण हुँदा ति सडकमार्ग भएर यात्रा गर्ने यात्रु तथा स्थानीयहरू मारमा परेको गुनासो बढ्दै गएपछि सांसद बर्ताैलाले सो निर्देशन दिएका हुन् । 

सचेतक बर्तौलाले हेटौँडा काठमाडौँ छोटो मार्ग अन्तर्गतको हेटौँडा-कुलेखानी-चखेल-काठमाडौँ सडक निर्माणको जिम्मा पाएका व्यवसायीलाई सिंहदरवार बोलाएर निर्देशन दिएका हुन् ।

बर्तौलाले सडक निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहरू मारमा पर्ने गरेको, दुर्घटनाको जोखिम बढेको र धुलो र हिलोको कारण स्थानीयहरूको स्वास्थ्यमा समेत समस्या देखिन थालेको भन्दै कामलाई समयमा सक्न निर्देशन दिएका हुन् । बर्तौलाले आज निर्माण व्यवसायी शिव चौँलागाई सहितको टिमलाई काठमाडौँ बोलाएर निर्देशन दिएका हुन् ।

निर्माण व्यवसायीहरूले प्राप्त गरेको ठेक्का समयमा सक्नुपर्ने दायित्व बहन गर्नुपर्ने भन्दै बर्तौलाले राज्यबाट प्राप्त ठेक्काका कामहरूलाई व्यवसायीले तिब्र गतिमा गर्नुपर्ने बताए ।

हेटौँडाबाट सबैभन्दा छोटो सडक मार्गको रूपमा रहेको चखेल सडकखण्डको काम सुस्त भएको भन्दै स्थानीयवासीले गुनासो गरेको र सडकको अवस्थाबारे मिडियामा समाचारहरू समेत प्रकाशन भएपछि सांसद बर्तौलाले चौँलागाईलाई बोलाएर निर्देशन दिएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस