एनसेलको शेयर खरिद गर्न सरकारलाई योगेश भट्टराईको सुझाव « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एनसेलको शेयर खरिद गर्न सरकारलाई योगेश भट्टराईको सुझाव


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले एनसेलको शेयर खरिद गर्न सुझाव दिएका छन् । बुधवार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले साढे ६ अर्बमा सरकारले नै सो  शेयर खरिद गर्न सुझाव दिएका हुन् । 

भट्टराईले एनसेलको ८० प्रतिशत शेयर ६ अर्बमा बिक्री भएको कुरा शङ्कास्पद रहेको बताउँदै यदि कम्पनी टाट पल्टिएको हो भने बिक्री भएको भनिएको मूल्यमा ५० करोड थपेर सरकारले खरिद गर्नुपर्ने बताए । उनले एनसेल कम्पनीका लागि नेपालका बैंकले ४० अरब भन्दा बढी लगानी गरेको बताउँदै सो कम्पनीले यसरी शेयर बेच्दै आफू घाटामा भएको, डुबेको घोषणा गरे नेपालको बैंक डुब्ने र बैंक डुब्दा नेपाली जनता डुब्ने बताए । 

उनले भने, ‘यदि कम्पनी टाट पल्टेको छ भने ६ अर्ब हैन त्यसमा ५० करोड थपेर सरकारले नै किनौँ । त्यसलाई नेपाल टेलिकम मोडलमा सञ्चालन गरौँ । हाम्रा कानुन प्रस्ट छैनन् भने कानुन प्रस्ट बनाऔँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस