तीन हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर ल्याउने पारस खड्काको दाबी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तीन हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर ल्याउने पारस खड्काको दाबी


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले सन् २०२४ को वार्षिक क्यालेन्डर तीन साताभित्रै सार्वजनिक गर्ने बताएका छन् ।

यू-१९ एसिया कप खेल्न जाने युवा टिमलाई बिदाइ गर्ने क्रममा उनले भने, ‘हामी २र३ हप्तामा २०२४ को घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको क्यालेन्डर सार्वजनिक गर्नेछौँ ।’

क्यालेन्डरमा आगामी जनवरीदेखि डिसेम्बरसम्म उमेर समूह, महिला तथा पुरुष क्रिकेटमा वर्षभरि हुने खेल प्रतियोगिताहरू समावेश हुनेछ ।

सन् २०२४ मा नेपालको सिनियर पुरुष टिमले टी-२० विश्वकप खेल्दैछ भने यू-१९ टिमले पनि विश्वकप खेल्दैछ । सन् २०२४ को जनवरी १३ देखि फ्रेब्रुअरी ४ सम्म यू-१९ विश्वकप हुनेछ । त्यसपछि जुन महिनामा सिनियर क्रिकेट टिमले टी-२० विश्वकप खेल्छ ।

महिला क्रिकेटमा हाल प्रधानमन्त्री कपको प्रदेश स्तरका छनोट खेल भइरहेका छन् । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिता १ पुसदेखि काठमाडौँमा हुनेछ ।

सचिव खड्काका अनुसार नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्रिकेट विकासको योजनासहितको आफ्नो प्रस्तुति युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुसमक्ष राख्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस