एनसेल प्रकरणबारे छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटारमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एनसेल प्रकरणबारे छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटारमा


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । एनसेलको शेयर खरिद विक्रीमा भएको चलखेलका विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटार पुगेका छन् ।

एनसेलले आफ्नो शेयर विक्री गर्दा चलखेल गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । आज मात्रै संसदीय समितिमा यो विषयमा छलफल भएको छ ।

एनसेलको शेयरबारे सार्वजनिक लेखा समितिले यसअघि नै चासो देखाएर ९ जिज्ञासाको जवाफ मागिसकेको छ ।

हिजोमात्र सरकारले एनसेलको शेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेपछि यसले बजार तताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस