एनसेलको सीईओलाई बयानका लागि बोलाउन सांसदको माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एनसेलको सीईओलाई बयानका लागि बोलाउन सांसदको माग


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले एनसेल बिक्री प्रकरणमाथि छानबिन गर्न एनसेलको सीईओलाई पत्र काट्न माग गरेका छन् ।

एनसेलको शेयर खरिद बिक्रीमा अनियमितता गरेको आंशकापछि अर्थ समितिले छलफलको लागि बोलाएको थियो । उनले अर्थ समितिमा बोल्दै समितिले एनसेलको सीईओलाई नै पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।

लगानी बोर्डका सीईओ, अर्थमन्त्री, टेलिकमका अधिकारी, एनसेलको नेपाली साझेदारलाई पनि सँगै बोलाएर बृहत् छलफल गरौँ ।’ उनले भने।

यसै क्रममा रास्वपाले समितिका सभापति सन्तोष चालिसे समक्ष माग पत्र समेत बुझाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस