न्युरोडबाट करिब ५ किलो सुनसहित १ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्युरोडबाट करिब ५ किलो सुनसहित १ जना पक्राउ


२० मंसिर २०८०, बुधबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ५ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।

उनको न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको प्रशासनलाई बताए । थप अनुसन्धान भइरहेको रेग्मीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस