पूर्व मुख्य सचिवसहित सचिवहरूसँग अर्थतन्त्र र शासकीय सुधारबारे अन्तरक्रिया गर्दै प्रधानमन्त्री दाहाल  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्व मुख्य सचिवसहित सचिवहरूसँग अर्थतन्त्र र शासकीय सुधारबारे अन्तरक्रिया गर्दै प्रधानमन्त्री दाहाल 


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । नेपालको अर्थतन्त्र र शासकीय सुधार  विषयक अन्तरक्रिया कार्यक्रम हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व मुख्यसचिवसहित सचिवहरूसँग अर्थतन्त्र र शासकीय सुधारबारे अन्तरक्रिया गर्ने भएका हुन् । 

बुधवार स्टाफ कलेजमा १० बजेबाट शुरु हुने कार्यक्रममा शासकीय सुधारको आधारभूत संरचना र सरकारका तात्कालिक कार्यहरूबारे डा.हिरा घिमिरे, पूर्णचन्द्र भट्टराई, डा.उद्धव प्याकुरेलले प्रस्तुतीकरण गर्दै छन् भने नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र समाधानबारे रामेश्वर खनाल, विश्वास गौचन र शिवराज अधिकारीले प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको प्रशासन स्रोतले जानकारी दिएको छ । 

करिब ५ बजेसम्म हुने कार्यक्रममा सुधारको कार्यदिशाबारे नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

पछिल्लो समय राजनीतिसँगै देशको अर्थतन्त्र र प्रशासन निकै कमजोर र जर्जर अवस्थामा पुगेको छ । भाषण र गफले सबै ठिकठाक भए पनि परिणाम देख्दा भने जिब्रो टोक्नु पर्ने अवस्था छ । जसलाई तत्काल उकास्न सकेन भने गम्भीर जोखिम मोल्नुपर्ने विज्ञहरू बताई रहेका छन् । 

यदि यी दुबैलाई लयमा ल्याउने हो भने पहिलो कुरा भनाई र गराइमा एकरूपता ल्याउन जरुरी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस