२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्कल्प यात्रालाई अवरोध गरिए प्रतिकार गर्छौँ : एमाले 

अ+ अ-

काठमाडौँ। नेकपा एमालेले मध्यपहाडी लोकमार्गलाई केन्द्रित गरेर सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रालाई अवरोध भए प्रतिरोध गरिने प्रदेश सभा सदस्यहरूले बताएका छन् ।

सङ्कल्प यात्रामा केही अमुक व्यक्ति तथा समूहको तर्फबाट यात्रालाई कोशी प्रवेश गर्न नदिने भनी गलत प्रचार गर्न खोजिएको भन्दै नेकपा एमालेका सांसदहरूले त्यस्तो अवस्था आए प्रतिकार हुने चेतावनी दिएका हुन् ।

कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसदहरुले कुनै पनि दलले आफ्ना गतिविधिहरू शान्तिपूर्ण रूपमा गर्न पाउने संवैधानिक तथा कानूनी व्यवस्था हुँदा हुँदै केही व्यक्तिहरूले एमालेलाई लक्षित गरी कोशी प्रदेश प्रवेश गर्न अनुमति लिनु पर्ने भन्दै गलत हल्ला चलाएको एमाले सांसदको भनाइ छ । कोशी प्रदेश सभा सदस्य तिलचन पाठकले नेकपा एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म १७५० किलोमिटर यात्रा हुने बताए ।

‘विकास निर्माणको अवस्था बुझ्न, जनतासँग छलफल गर्ने भन्दै सुरु भएको सङ्कल्प यात्रा कार्यक्रम असफल पार्न विभिन्न मानिसहरू लागेको पाइयो, उनले भने, यस्ता खालका गतिविधिहरू पहिला देखि नै हुँदै आएको छ, अहिलेको संवैधानिक व्यवस्था र संविधान विरोधी गतिविधि गर्न मिल्छ र ?’

प्रदेश सभा सदस्य रमेश कुमार बस्नेतले पुष्पलाल लोक मार्ग अन्तर्गत सङ्कल्प समृद्धिको अभियान अन्तर्गत १८ दिनको यात्रा मध्ये कोशी प्रदेशमा ३५० किलोमिटर ८ दिनमा यात्रा हुने बताए ।

‘नेकपा एमालेको समृद्धिकोलागि सङ्कल्प यात्रालाई अवरोध गर्न, असफल पार्ने प्रयास भएको छ’, उनले भने, ‘कुनै शक्ति तथा समुदायलाई भ्रम फैलाउने गरी भएको गतिविधि एमालेलाई मान्य हुँदैन, त्यस्ता भ्रम फैलाएर पार्टीलाई बदनाम गर्ने कामको एमालेले प्रतिकार गर्छ ।’

प्रदेश सभा सदस्य विदुर कुमार लिङ्थेपले ‘ठुलो बलिदानी पछि आएको व्यवस्थामा दलहरूले शान्तिपूर्ण कार्यक्रम गर्न पाइने बताए । उनले भने, ‘कोशी प्रदेशमा प्रवेश गर्न कुनै अमुक व्यक्तिको अनुमति रभिसा चाहिने अवस्था हो र ?’

प्रतिक्रिया दिनुहोस