एनसेल प्रकरणबारे सत्यतथ्य छानबिन गर्न राप्रपाको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एनसेल प्रकरणबारे सत्यतथ्य छानबिन गर्न राप्रपाको माग


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । राप्रपाले एनसेल शेयर बिक्रीका विषयमा यथार्थ विवरण अविलम्ब सार्वजनिक गरी सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा राप्रपाले यस विषयमा यथार्थ विवरण अविलम्ब सार्वजनिक गरी सत्यतथ्य छानबिन गर्न माग गरिएको छ ।

अर्बौँको कर छल्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानुन विपरीत भएको शेयर खरिदबिक्री भएको सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस विषयमा विदेशी लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन पूर्व सावधानीका साथ विवरण सार्वजनिक गर्न राप्रपाले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस