स्वयंसेवकले ८ सय १३ वटा अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको ? « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

स्वयंसेवकले ८ सय १३ वटा अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको ?


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा आठ सय १३ वटा अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज मङ्गलवार रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्ना पुगेका ओलीले यस्तो बताएका हुन्। उनले ८ सय १३ वटा अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘स्वयंसेवक आएर ८ सय १३ वटा अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? हामीले यो सङ्ख्यालाई २ हजार पुर्‍याउने भनेका छौँ । सरकारसँग पैसा छ, हामीसँग पैसा छैन । विना पैसा हामीले ८ सय १३ वटा घर निर्माण गरेका छौँ ।’

अध्यक्ष ओलीले देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रूपमा पुग्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस