‘विप्लव’सहितका नेताहरूलाई पक्राउ पुर्जी जारी गरिएको भन्दै विद्यार्थीद्वारा मसाल जुलुस  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘विप्लव’सहितका नेताहरूलाई पक्राउ पुर्जी जारी गरिएको भन्दै विद्यार्थीद्वारा मसाल जुलुस 


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठनले आज काठमाडौँमा राँके जुलुस निकाली विरोध प्रदर्शन गरेको छ। आफ्ना पार्टीका नेताहरूलाई अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै विद्यार्थी सङ्गठनले प्रदर्शन गरेको हो।

मङ्गलवार नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जीको विरोधमा सङ्घर्ष गर्ने घोषणा गरेको थियो।

काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमवार महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’‚ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।​

त्यसकै विरोधमा मङ्गलवार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते बुधबार न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस