विश्वविद्यालयका विद्यार्थीबीच ‘स्टिम सिकाइ सामग्री निर्माण’ प्रतिस्पर्धा गराइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्वविद्यालयका विद्यार्थीबीच ‘स्टिम सिकाइ सामग्री निर्माण’ प्रतिस्पर्धा गराइने


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीबीच ‘स्टिम सिकाइ सामग्री निर्माण’ प्रतिस्पर्धा गराउने भएको छ ।

माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितमा प्रयोग गरिने सिकाइ सामग्री निर्माणको प्रतिस्पर्धा गराउन लागेको मन्त्रालयले जनाएको छ।

विभिन्न विश्वविद्यालयका प्रतिस्पर्धी समूहले यी विषयमा सिकाइका निम्ति प्रयोग गरिने सामग्री बनाउनुपर्नेछ । त्यसका निम्ति मन्त्रालयले मङ्गलवार (आज)देखि ३० दिनभित्र आवेदन पेस गर्न भनेको छ ।

आवेदकमध्येबाट छानिने समूहलाई सो सामग्री बनाउन चार महिना समय दिइनेछ । प्रयोगात्मक सामग्री बनाउन मन्त्रालयले प्रत्येक समूहलाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म खर्च दिनेछ ।

मन्त्रालयका अनुसार प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस