राखेप सदस्यसचिव र चिनियाँ दूतावासका प्रतिनिधिबिच छलफल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राखेप सदस्यसचिव र चिनियाँ दूतावासका प्रतिनिधिबिच छलफल


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबिच आज भेटवार्ता भएको छ।

राजदूतावासक काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँग सदस्यसचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन्। भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबिच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो।

नेपाली यु-२१ पुरुष फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यावसायिक फुटबल टोली र यसु फुटबल टिमको यु-२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो।

अवसरमा सांस्कृतिक आदान प्रदान लगायत विविध कार्यक्रम पनि हुने भएको छ। चिनियाँ पक्षले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल गराउन प्रस्ताव गरेका छन्। साथै सो टोलीले दशरथ रङ्गशालाको पनि अवलोकन गरेको छ।

सदस्यसचिवले टोलीको प्रस्तावमा आफू सकारात्मक रहेको उल्लेख गर्दै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। भेटका अवसरमा दूतावासका प्रहरी सम्पर्क अधिकारी चेन हान, ओभरसिज चाइनिज एसोसिएसन अफ नेपालका अध्यक्ष जिन छियोदोङ, उपाध्यक्ष गु यिङमिन, राखेप अन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, सामान्य प्रशासन शाखाकी प्रमुख शारदा उपस्थिति रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस