आज शेयर बजार घट्यो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आज शेयर बजार घट्यो


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १०.१० अङ्कले घटेर १ हजार ८ सय ३७.७१ विन्दुमा झरेकाे छ ।

आज जीवन बीमाबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज उत्पादन तथा प्रशाेधन, हाेटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्राेफाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज सबैभन्दा धेरै विशाल बजार कम्पनीकाे शेयर साढे ९ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन सिङ्गटी हाइड्राे इनर्जीकाे शेयर १० प्रतिशतले बढेकाे छ ।

आज बजार घटे पनि काराेबार रकम बढेकाे छ । हिजाे साेमवार १ अर्ब १९ कराेड रुपैयाँको शेयर काराेबार भएकाेमा आज ४६ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ५४ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालकाे ३६ कराेड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

Tags :
प्रतिक्रिया दिनुहोस