२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको आर्थिक अवस्था कमजोर भएपनि प्राविधिकहरूले जोडतोडका साथ लाग्नुपर्छ : मन्त्री भुसाल

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकाश मन्त्री डा. बेदुराम भुसालले देशको आर्थिक अवस्था कमजोर रहेता पनि प्राविधिकहरूले सक्दो सहयोग गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित ‘पानम विल्ट टिआर-४’ रोगको तीन दिने ‘डाईगोन्सिटक ट्रेनिङ’ तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । 

उनले भने, ‘यस तालिमबाट सहभागी प्राविधिकहरू तथा शिक्षणमा रहेका सबैले लाभ लिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । हामीले सबैभन्दा पहिले ‘टीआर-४’ रोगको बारेमा जानकारी पाएलगतै अवश्य कदम बढाउन आदेश दिएका थियौँ । जसको कारण हाल यो रोग त्यति भयावह अवस्थामा पुगेको छैन । मैले रोगका बारेमा जानकारी गराएर नियमित रूपमा पहल अगाडि बढाउन भनेको थिए । तालिममा सहभागी सबैले यस रोगको निराकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्ने आशा गरेको छु ।’

’हाल देशमा द्रुत सर्वेको काम छिटो गर्नुपर्ने छ । प्राविधिकलाई प्राप्त ज्ञानलाई छिटै फिल्डमा लगाउनुपर्छ । फिल्डमा जाने अवसर छ । हाम्रो र देशको आर्थिक अवस्था कमजोर छ । कमजोर भए तापनि प्रविधिहरूले जोडतोडका साथ लाग्नुपर्ने र गरेर देखाउनुपर्ने छ । सबैले ज्ञानलाई ब्यबाहरमा उतार्न अल्छी नगर्नुहोला’, भुसालले भने, ‘यसका साथै अनुसंधानको कामलाई महत्त्वका साथ अगाडि बढाउनुपर्ने छ । अनुसन्धानद्वारा रोग पत्ता लगाई त्यसको निराकरण गर्नुपर्ने छ । विगतमा भन्दा छिटो ढङ्गले अगाडी काम बढाउनुपर्ने छ ।’

त्यस्तै, कृषि तथा पशुपंक्षी मन्त्रालय सचिव गोविन्द प्रसाद शर्माले ’टीआर-४’ रोगको विषयलाई महत्त्वकासाथ हेरेको बताएका छन् ।