मेरो देशका नेता  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मेरो देशका नेता 


१६ मंसिर २०८०, शनिबार


उसले सगरमाथा आरोहण गरेछ
उसले जागिर खाएछ
विदेश भ्रमणको अवसर पनि उसैले पाएछ
पुरस्कार वितरणमा उसकै नाम
समाज सेवामा उसकै नाम
आध्यात्मिक चिन्तनमा उसकै नाम
अभिनन्दन हुँदा उ नै अगाडि
अब त यस्तो भयो कि

कुनै विषय छैन
जहाँ उसको नाम छैन
म पनि उ जहाँ जहाँ कुद्छ
त्यहीँ त्यहीँ कुदेँ
उसले जे जे गर्छ
त्यही त्यही गरेँ
तर मेरो नाम कहिले आएन
म सधैँ अन्तिममै हुन्थेँ
र नै म
उ जस्तो हुन सकिन
ऐले म उसको अनुपस्थितिमा
म र म जस्ता धेरै भेला भएर
उसको कुरा काट्छौँ
उसको आलोचना गर्छौँ
उसको सत्तोसराप गर्छौँ
र अरूलाई पनि गर्न लगाउँछौँ
उसले जे जे राम्रो गर्दै हिँड्छ
पछि पछि म र मेरा आसेपासे
धुपौरेहरू भत्काउँदै हिँड्छौ

बिगार्दै हिँड्छौ
त्यसो गर्न सकेकोले नै
ऐले म नेता भएको छु
ठूलो नेता भएको छु
राज्य सञ्चालनको जिम्मा मेरो छ
उ र उ जस्तालाई परिचालन गर्ने जिम्मा पनि मेरै छ ।

प्रतिक्रिया दिनुहोस