Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पुनः निर्माणलाई जनताको सेवा गर्ने अवसरका रूपमा लिन मन्त्री शर्माको आग्रह


१६ मंसिर २०८०, शनिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त रुकुम पश्चिम र जाजरकोट जिल्लाका संरचनाको पुनः निर्माणलाई जनताको सेवा ठानेर इमान्दारीका साथ काम गर्न स्वयंसेवकहरूलाई आग्रह गरेकी छन् ।

सल्ल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडामकोटमा भूकम्प प्रभावित परिवारका निम्ति अस्थायी आवास तथा शौचालय निर्माणका लागि परिचालन भएका  स्वयंसेवकहरूलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकार, राजनीतिक पार्टी र जनता सबैले पुनः निर्माणलाई सेवा भावका साथ आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताइन्।

भूकम्पपीडितलाई त्रिपालबाट अस्थायी आवासमा यथाशक्य चाँडो सार्न तथा उनीहरूको पुनः स्थापनाको कामलाई युद्ध स्तरमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री शर्माले पुनः निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने सरकारको निर्णय साकार पार्न सम्बद्ध सबैको सहयोग अपरिहार्य भएको स्मरण गराइन् ।

मन्त्री शर्मासँगै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसी, केन्द्रीय सदस्य नरेश भण्डारी, दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीलगायत श्रमदानमा पनि संलग्न भए।  

भूकम्पबाट सल्ल्यान दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति भएको छ ।  एक हजार एक सय ७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने एक हजार ८१ घरमा आंशिक क्षति भएको छ । पालिकाभित्रका २१ सामुदायिक विद्यालय, पाँच वटा स्वास्थ्य संस्था र तीन वटा वडा कार्यालयमा क्षति भएको छ । 

एक हजार  एक सय ७९ घरका छ हजार  तीन सय १८ जना विस्थापित भएका गाउँपालिका अध्यक्ष केसीले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस