गोरखामा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, तीन घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गोरखामा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, तीन घाइते


१६ मंसिर २०८०, शनिबार


गोरखा । गोरखामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडक खण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा सोही पालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ घर भएका ट्र्याक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस