कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन आजदेखि « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन आजदेखि


१६ मंसिर २०८०, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने उक्त सम्मेलन बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु लागेको हो ।

सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम छ। शनिबार उद्घाटन सत्र तथा आइतबार बन्द सत्र हुनेछ । सम्मेलनमा ६७५ जना प्रतिनिधि सहभागी हुने कांग्रेस प्रदेश सभापति अम्बरसिंह पुनले बताए।

सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाव पेश गर्ने गरी छलफल हुने बताइएको छ । त्यस्तै समसामयिक विषय र विधान संशोधनबारे छलफल हुने पुनले बताए।

सम्मेलनलाई सभापति देउवासहित नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्ने छन्। उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, संगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस