मधेशको आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्यन गरेको व्यवसायीको आरोप « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मधेशको आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्यन गरेको व्यवसायीको आरोप


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । मधेश प्रदेशको आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्यन गरेको भन्दै उद्योगी व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले गरेको ‘मधेश प्रदेशका औद्योगिकरव्यवसायिक समस्या विषयक नाफिज संवाद’ मा मधेश प्रदेशका उद्योगी व्यवसायीले यस्तो असन्तुष्टि जनाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश अध्यक्ष अशोक टेमानीले मधेस प्रदेश केन्द्र सरकारको प्राथमिकतामा नपर्दा उद्योगधन्दा, व्यापार र जनशक्ति पलायन भएको बताए ।

नेपालको आर्थिक क्षेत्रलाई नेपाल(भारत सीमा क्षेत्रले नियन्त्रण गरेको तर व्यापारीका नेतादेखि राजनीतिक नेतृत्व र नीति निर्माताले त्यो नबुझेको उनको भनाइ छ ।

हाल सीमा क्षेत्रमा चोरी पैठारी मौलाउँदा औपचारिक रूपमा उद्योग र व्यवसाय गर्नेहरू गम्भीर समस्यामा परेको महासङ्घ मधेश प्रदेश समितिको निष्कर्ष छ ।

कच्चापदार्थ थोरै मात्रामा ल्याउँदा १५ प्रतिशत र धेरै मात्रामा आयात गर्दा १० प्रतिशत पार्ने नीतिले साना उद्योग व्यवसाय चौपट भएको उनको दाबी छ । 

सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले मधेशको कृषि, उद्योग, धार्मिक पर्यटनको सम्भावना केन्द्र सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस