‘प्रचण्ड’-माधवको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाए : ओली « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘प्रचण्ड’-माधवको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाए : ओली


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाएको बताएका छन् ।

मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्ताहरूलाई धन्यवाद दिएका थिए ।

‘प्रचण्ड’ षडयन्त्र भए माकुने षडयन्त्र भए अरू षडयन्त्र भए ती सबै षडयन्त्रलाई परास्त गरेर पार्टी जोगाउनु भएको छ । पार्टी फेरि पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्ध्याउन लाग्दा पनि पार्टी सकिएन’, ओलीले भने, ‘तपाइ सबैलाई धन्यवाद ।’

पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको ओलीको भनाइ थियो । देशलाई अगाडि बढाउने सङ्कल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उनले बताए । ओलीले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाए । उनले सरकार धेरै समय टिक्न नसक्ने जनाए ।

‘यो सरकार कति चल्छ र यो सरकार मक्किएको धोद्रा परेको सरकार हो । यस्तै अवस्था देशमा रहँदैन’, उनले भने ।

ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई एक भएर काम गर्न निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस