राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक थापाको निधन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक थापाको निधन


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षक भीम थापाको ७५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ। 

कुलेश्वरस्थित आफ्नै घरमा बेहोस भएका थापालाई तत्कालै मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।

थापाले सन् १९७१ मा जापानमा भएको यू-१९ एसियन च्याम्पियनसिपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। उनले न्युरोड टिम, ठमेल, महावीर क्लबबाट क्लब प्रतियोगितामा पनि खेलेका थिए।

खेलाडी जीवनपछि थापाले प्रशिक्षण सुरु गरेका थिए। रुक्म शमशेर राणाको अध्यक्षतामा उनले एन्फाको सहायक महासचिवको रूपमा काम गरेका थिए। उनी एन्फाका पूर्व प्राविधिक निर्देशक पनि हुन् ।

एन्फाले एन्फा एकेडेमी प्रस्ताव गरेपछि थापाले विस्तृत कार्ययोजना तयार गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस