केपी ओली कपको उपाधि जित्न १३६ रनको लक्ष्य पच्छ्याउँदै आर्मी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केपी ओली कपको उपाधि जित्न १३६ रनको लक्ष्य पच्छ्याउँदै आर्मी


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि त्रिभुवन आर्मी क्लबले १ सय ३६ रनको लक्ष्य पाएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । मधेसका विशाल पटेलले सर्वाधिक ४९ रनमा अविजित रहे । उनले ३२ बलमा ३ चौका, ३ छक्का प्रहार गरे ।

कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमांशु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएर आउट भए ।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३-३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।

अहिले आर्मीले जवाफी ब्याटिङ गरिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस