महासमिति बैठकमा हिन्दु राष्ट्रको एजेन्डा लैजान देउवा सकारात्मक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

महासमिति बैठकमा हिन्दु राष्ट्रको एजेन्डा लैजान देउवा सकारात्मक


१५ मंसिर २०८०, शुक्रबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आसन्न महासमितिको बैठकमा हिन्दु राष्ट्रको एजेन्डा प्रवेश गराउने विषयमा सकारात्मक देखिएका छन् ।

तनहुँको पार्टी कार्यालय उद्घाटनको निम्तोलगायतको विषयमा छलफल गर्ने क्रममा देउवाले आफू सकारात्मक रहेको बताएको केन्द्रीय सदस्य शङ्कर भण्डारीले जानकारी दिए ।

भेटका क्रममा केन्द्रीय सदस्य भण्डारीले आसन्न महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनाको विषय प्रवेश गराउन आग्रह गरेका थिए ।

वैदिक सनातन हिन्दु राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तनमा भण्डारीले जोड दिँदै आएका छन् ।

केही दिनअघिमात्र देउवाले ‘धर्मका विषयमा सरसल्लाह गर्न सकिने’ अभिव्यक्ति दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस