नगद लाभांश पारित गर्न निफ्राले बोलायो वार्षिक साधारण सभा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नगद लाभांश पारित गर्न निफ्राले बोलायो वार्षिक साधारण सभा


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ( निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ ।

त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू छनोट गर्न निर्वाचन समेत हुने बैंकले एक सूचनामार्फत जनाएको छ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस